नियम
२ख सुरक्षा सम्बन्धी कार्यक्रम बनाउनु पर्ने
: (१) विमानस्थल क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा इजाजतपत्र प्राप्त वायुसेवा सञ्चालन संस्थाले हवाई सुरक्षामा प्रतिकूल असर नपर्ने गरी आफ्नोे काम गर्न सुरक्षा सम्बन्धी कार्यक्रम बनाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बनाईको सुरक्षा सम्बन्धी कार्यक्रम विमानस्थल सुरक्षा समितिले स्वीकृत गरेपछि लागू हुनेछ ।